तनहूँ १ नम्बर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णीम वाग्लेले जारी मतगणनामा सोचेभन्दा बढि मत पाइरहेको देखिएको छ।
जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार २२ हजार ३५८ मत गणना गरिसक्दा वाग्लेले ११ हजार ४२८ मत पाएका छन्।
हालसम्म १६ वडाको मतगणना भइसकेको छ।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४८ मत ल्याएका छन्।
वाग्लेले काँग्रेस तथा एमालेको विगतका भोटहरू आफ्नो पक्षमा ल्याइरहेका छन्। बाँकी मतपरिणाको रूझान पनि वाग्लेतर्फ नै ढल्किने देखिएको छ।