चितवन-२ को प्रारम्भिक मतपरिणाम अनुसार एकपा एमालेले अग्रता लिएको छ।
इच्छामनकामना-१ मा हालसम्म गनिएको ९७१ मतबाट एमाले अगाडि देखिएको हो।
एमालेका रामप्रसाद न्यौपानेले ३ सय ६७ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतले पछ्याइरहेका छन्।
यसैगरी नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठ २ सय ४४ मत लोयाएर तेश्रो स्थानमा रहेका छन्।
इच्छामनकामनालाई एमालेको प्रभावक्षेत्र मानिन्छ।