काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्म्ेदवार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८ सय ७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन्।
उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ। त्यस्तै, यहाँ नेकपा एमालेका उम्मेदवार तेस्रो र रास्वपाका उम्मेदवार चौथो स्थानमा छन्।
एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय र रास्वपाका रमेश खरेलले १ हजार १ सय ७४ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ।