प्रचण्डलाई माओवादीकै नेताले भने : सरकारको काम राम्रो भएन, यस्तै भए माओवादी सकिन्छ-Sutra News

प्रचण्डलाई माओवादीकै नेताले भने : सरकारको काम राम्रो भएन, यस्तै भए माओवादी सकिन्छ

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य रामप्रसाद समापकोटा ‘दीपशिखा’ सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।



मंगलबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सरकारको कार्यसम्पादनप्रति असहमति जनाएका हुन्। उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै सरकार असफल भए माओवादी पार्टी पनि सकिने चेतावनी दिएका छन्।

‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस्! सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन’, उनले लेखेका छन्।

जनता, कार्यकर्ता र नेतालाई आफ्नोजस्तो लागे मात्र सरकार सफल हुने उनको भनाइ छ। ‘ढ्याउ गरेर डकाररिहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैनन् है’, दीपशिखाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट