चितवनमा मतगणना जारी हुँदैमा कांग्रेसका जितनारायणले स्वीकारे हार-Sutra News

चितवनमा मतगणना जारी हुँदैमा कांग्रेसका जितनारायणले स्वीकारे हार

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

काठमाडौँ- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।



करिव २० हजार मतगणना बाँकी रहँदै मतान्तरले रविले जित सुनिश्चित गरिसकेपछि श्रेष्ठले सामाजिक संजालमार्फत हार स्वीकारगरेका हुन् ।

उनले आफूलाई मतदान गर्ने मतदाता र घरदैलोमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू त्यही क्षेत्रका जनताको सुखदुःखमा सक्रिय रहने बताएका छन् ।

‘निर्वाचनमा पराजित भए पनि यही माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र संकल्पका कारण यहाँहरुको सुुखदुःखमा विगतमाभन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ श्रेष्ठले भनेका छन् । चितवनमा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले जित्ने पक्का भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट