काठमाडौँ- चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले लामो समयपछि त्यहाँका राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत असार ९ गते चीनका लागि राजदूतमा नियुक्त श्रेष्ठले सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
कोरोना महामारीका कारण राजदूत श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्न ढिला भएको हो।