रविलाई जीतनारायण र रामप्रसादले दिए बधाई, रविको साढे ३७ हजार मतले अघि-Sutra News

रविलाई जीतनारायण र रामप्रसादले दिए बधाई, रविको साढे ३७ हजार मतले अघि

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

चितवन-२को जारी मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पार्टी अध्यक्ष रवि लामिछाने अभुतपूर्व अन्तरले विजयउन्मुख भएपछि उनका प्रतिष्पर्धी उम्मेदवारहरूले लामिछानेलाई बधाईं दिएका छन्।



लामिछानेलाई नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा नेकपा एमालेका रामप्रसाद न्यौपानेले बधाईं दिएका हुन्।

पछिल्लो पतपरिणाम अनुसार रविले ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन्। उनका निकटत्तम प्रतिष्पर्धी श्रेष्ठले ८ हजार ४ सय २५ मत ल्याएका छन् भने तेश्रो स्थानमा रहेका न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन्।
श्रेष्ठले रविलाई खादा ओढाएर बधाई दिएका हुन्।

‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ जितनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ’, श्रेष्ठले भने।

उनले पुराना राजनीतिक दलहरूप्रति जनताको आकर्षण नदेखिएको बताउँदै आफूलाई मत दिनेलाई धन्यवादसमेत दिए।

त्यस्तै एमालेका उम्मेदवार न्यौपानेले हार स्वीकार्दै भनेका छन्, ‘निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया हो, सहज रुपमा लिएको छु। जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास तथा समृद्धिका लागि लडिरहनेछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट