बारा-२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार रमेशप्रसाद खरेल अझै चौथो स्थान संघर्षरतः रहेका छन्।
सोही पार्टीबाट उठेका पार्टी सभापति भारी मतले जीत उन्मुख भइरहदाँ र तनहूँ-१ मा स्वर्णिम वाग्लेले जितको नतिजा निकालिरहँदा खरेल चौथो स्थानबाट माथि उक्कलन सकिरहेका छैनन्।
उनको यो परिणामले रास्वपाको एकको बदला तीन अभियान भने पूरा नहुने देखिएको छ।
खरेल हालसम्म १ हजार ९ सय ४९ मत ल्याएका छन्। यादवसँग उनको मतअन्तर १० हजार १ सय ७३ छ।
बारा-२ मा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव १२ हजार १ सय २२ मतले सबैभन्दा अगाडि रहेका छन्।
उनलाई सिके राउत नेतृत्व जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्। कुशवाहाले ७ हजार ६ सय ९३ मत ल्याएका छन् भने तेश्रो स्थानमा नेकपा एमालेका पुरूष्त्तम पौडेलले ४ हजार ३ सय ८५ मत ल्याएका छन्।