चितवन-२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः निर्वाचित भएका छन्।
लामिछाने ५४ हजार १ सय ७५ मत पाउँदै विजयी बनेका हुन्।
उनका निकट प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ मत पाएका छन्।
उनीहरूबीचको मतान्तर ४३ हजार ६१ छ।
गत मंसिर ४ मा भएको चुनावमा पनि यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए।
त्यतिबेला उनले ४९ हजार ३०० मत प्राप्त गरेका थिए।