सांसद ढाकाकुमार श्रेष्ठ आज पदमुक्त हुने-Sutra News

सांसद ढाकाकुमार श्रेष्ठ आज पदमुक्त हुने

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

सांसद ढाकाकुमार श्रेष्ठ आज सांसद पदबाट आजबाट औपाचारिकरूपमा मुक्त हुने भएका छन्।



मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई २ करोड रूपैयाँ बुझाउनुपर्ने भन्दै रकम मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई निलम्बन गरेको थियो।

ढाकारामलाई कारवाही गरेको सूचना आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै दिने बताइएको छ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरे सांसदको पद रिक्त हुने व्यवस्था छ।

यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्छ। ऐनमा संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई वैशाख ३ गते दिएको भएपनि संसद सचिवालयले पार्टीसँग थप कागजात मागेको थियो।

त्यसपछि वैशाख ८ गते राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई सोधिएको स्पष्टीकरण, सांसद श्रेष्ठले दिएको स्पष्टीकरणको प्रतिलिपी, पार्टीको केन्द्रीय समितिको निर्णयको विवरण संसद सचिवालयमा बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट