गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान-Sutra News

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।



प्रदेश प्रमुख पृथ्वीमान गुरूङले दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

नयाँ सरकार गठनका लागि दलहरूले वैशाख १४ गते अपरान्ह ४ बजेसम्म जानकारी गराइसक्नुपर्नेछ।

प्रदेश प्रमुखले संविधानको धारा १३८ को उपधारा २ अनुसारनयाँ सरकार गठनका लागि आव्हान गरेका हुन्। यो धारा अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नसक्ने संवैधानिक प्रावधान छ।

गत शनिबार विश्वासको मत नपाएपछि गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो।

अब गठबन्धन दलबाट सरकार बन्ने सम्भावना छ। सरकार गठनका लागि मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले दाबी गर्दै आएका छन्।

ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने कांग्रेसको अडान रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट