उपेन्द्र यादव ५ हजार मतले अगाडि रहँदा रमेशको कमजोर भोट, जान्नुस् कति-Sutra News

उपेन्द्र यादव ५ हजार मतले अगाडि रहँदा रमेशको कमजोर भोट, जान्नुस् कति

मंगलबार, १२ बैशाख २०८०

मंगलबार, १२ बैशाख २०८०

बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले मतान्तरलाई बढाउँदै लगेका छन्।



पछिल्लो मतपरिणाम अनुसार उनी आफ्ना निटकतम प्रतिष्पर्धी शिवचन्द्र कुशवाहा भन्दा ५ हजार १३ मतले अगाचि रहेका छन्।

यादवले हालसम्म १८ हजार ०९६ मत ल्याउँदा शिवचन्द्रले १३ हजार ०८३ मत पाएका छन्।

त्यसैगरी ५ हजार ४ सय ५९ मतसहित नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले तेस्रो स्थानमा छन्।

तीन स्थानमध्ये दुई स्थानमा शानदार जितको नतिजा निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने एकदमै कमजोर देखिएको छ।

जारी मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल २ हजार १ सय ६३ मत ल्याएर चौथो स्थानमा रहेकाछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट