काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बनेका गोकुल बास्कोटाले निर्वाचनमा ९ लाख २ हजार ९ सय ७६ रुपैयाँ ३५ पैसा खर्च गरेको विवरण पेस गरेका छन्।
मंसिर ४ गते भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नु भएका बास्कोटाले विभिन्न शिर्षकमा ९ लाख २ हजार ९ सय ७६ रुपैयाँ ३५ पैसा खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेकाछन्।
सार्वजनिक खर्च विवरण अनुसार बास्कोटाले सबैभन्दा बढी गोष्ठी तथा अन्तक्रियामा खर्च गरेका छन्। यस शीर्षकमा उनको २ लाख ८९ हजार ७ सय २६ रूपैयाँ खर्च भएको छ।
त्यसैगरी सवारी साधनमा २ लाख ८ हजार, प्रचारप्रसार सामाग्रीतर्फ १ लाख १३ हजार, अन्य प्रचारप्रसार सामाग्री ९६ हजार ७ सय ५०, छापा–मतपत्रमा ९७ हजार ५ सय, मतदाता नामावलीमा ३ हजार र विविध खर्च ९५ हजार भएको खर्च भएको उनको विवरणमा उल्लेख छ।
उनले सम्पूर्ण खर्च बैंकमार्फत नभएको पनि विवरणमा जनाएका छन।