बाबुराम भन्छन् : रास्वपालगायत पार्टीको उदय सकारात्मक ठान्दछु-Sutra News

बाबुराम भन्छन् : रास्वपालगायत पार्टीको उदय सकारात्मक ठान्दछु

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन्।



भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आह्वान गरेका छन्।

डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–

एक दशकदेखि देशमा नयाँ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका एक दशकदेखि देशमा नयाँ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु! सबैले एकअर्काका अनुभवबाट सिकौं। देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट