यस्तो छ प्रकास सपुत र देवी घर्तीले गाएको ‘हल्कारा’को गीत-Sutra News

यस्तो छ प्रकास सपुत र देवी घर्तीले गाएको ‘हल्कारा’को गीत

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

बैशाख २९ गते रिलिज हुने ‘हल्कारा’ सिनेमाले ‘जीवन कठै बरी’ बोलको गीत सार्वजनिक गरेको छ।



प्रकाश सपूतको शब्द तथा संगीत रहेको गीतमा सपुतलाई देवी घर्तीले युगल आवाजमा साथ दिएकी छन्।

गीतमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई देखाइएको छ। गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक विक्रम सापकोटाले बताएका छन्। गाउँमा चिठ्ठी पुऱ्याउने हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई फिल्मले पेस गर्छ।

फिल्म पूर्ण रुपमा ‘कमर्शियल’ तथा मनोरञ्जनात्मक कथानक फिल्म रहेको दाबी निर्देशक सापकोटाले गरेका छन्।

फिल्ममा अभिनेता महेश त्रिपाठीले हल्कारा (हुलाकी)को भूमिकामा रहेका छन्। महेशसँगै सिनेमामा अभिनेत्री बिनिता थापा मगरको प्रमूख भूमिका रहेको छ।

महेश र बिनिताका अलावा सिनेमामा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ ।

कालीपार स्टुडियोले निर्माण गरेको फिल्ममा आइसफल प्रोडक्सनले सहकार्यमा तयार भएको हो।

फिल्मका लेखक तथा सम्पादक निर्देशक सापकोटा स्वयं हुन्। सिनेमामा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन छ।

यो सिनेमाले ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ फिल्मको अवार्ड प्राप्त गरेको थियो भने यही फेस्टिभलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड जितेका थिए।

हालै सिनेमा टिमले प्रचाप्रसारलाई लक्षित गरेर चिठ्ठी लेखन प्रतियोगिता घोषणा गरेको छ।

प्रतियोगितामा प्रथम हुने चिठ्ठीले ५० हजार, द्वितीय पुरस्कार तीस हजार र तृतीय पुरस्कार २० हजार प्राप्त गर्नेछ।

https://www.youtube.com/watch?v=K-zVVdmy7qk&t=388s

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट