उपनिर्वाचन : तीनवटै क्षेत्रमा एमाले तेस्रो-Sutra News

उपनिर्वाचन : तीनवटै क्षेत्रमा एमाले तेस्रो

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

काठमाडौं- हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ ।



चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए ।

न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् । यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो । उनले त १० हजार मत पनि कटाउन सकेनन । उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट