इद र सलमान खानको स्टारडमले बम्बर ओपिनङ गर्ने ठानिएको सलमान खान अभिनित पछिल्लो सिनेमा ‘किसीका भाइ किसीका जान’को कमाइ निरन्तर ओरालो लागेको छ।
टिकटको पैसा घटाउँदासमेत सिनेमाप्रति देखिनुपर्ने जति आकर्षण सिनेमाप्रति देखिएको छैन। भारतसँगै ससारभर सिनेमाले अपेक्षाकृत व्यापार गर्न सकेको छैन्।
हिन्दूस्तान टाइम्समा प्रकाशित समाचार अनुसार सिनेमाले हालसम्म ८५.८४ करोड भारू कमाइ गरेको छ।
सिनेमाले मंगलबार ६.५ करोड भारू कमाइ गरेको छ। सोमबारको तुलनामा यो ३० प्रतिशतले कम हो।
सिनेमाले समीक्षक-दर्शक दुबैबाट मिश्रित प्रतिक्रिया पाएको छ। सिनेमा विषय र प्रस्तुतिका हिसाबले कमजोर भएको टिप्पणी गरेका छन्।
१५ करोड भारूको ओपनिङ् गरेको सिनेमाले आइतबार २६ करोडको व्यापार गरेको थियो।
टिकटको मूल्य १५०-१६० भारू सम्म झारिएको छ। सलमानको सिनेमाको लागि भने यो अनौठो हो।