आलियाले ६० करोड ८० लाखमा किनिन् नयाँ फ्ल्याट, दिदीलाई दिइन् दुई फ्ल्याट उपहार-Sutra News

आलियाले ६० करोड ८० लाखमा किनिन् नयाँ फ्ल्याट, दिदीलाई दिइन् दुई फ्ल्याट उपहार

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

बलिउड अभिनेत्री आलिया भट्टले मुम्बईमा ३८ करोड भारतीय रूपैयाँ अर्थात ६० करोड ८० लाख नेपाली रूपैयाँमा नयाँ फ्ल्याट किनेकी छन्।



हिन्दूस्तानटाइम्समा प्रकाशित समाचारका अनुसार उनले आफूसँगै दिदीलाईसमेत करिब ७ करोड भारू(११ करोड २० लाख नेपाली रूपैयाँ) पर्ने दुई फ्ल्याट किनेर उपहार दिएकी छन्।

आलियाले ३८ करोड भारूको फ्ल्याट मुम्बईको बान्द्रामा किनेकी हुन्। उनले किनेको फ्ल्याट २४ सय ९७ स्क्वायरफिटमा फैलिएको छ। यो फ्ल्याट हाल उनी बस्दै आएको फ्लयाट नजिके पर्छ।

त्यसैगरी उनले आफ्नी ठूली दिदी शाहिन भट्टलाई मुम्बईको जुहु क्षेत्रमा फ्ल्याट उपहारस्वरूप किनिदिएकी हुन्।

उनले किनिदिएका ती फ्ल्याटहरूको क्षेत्रफल क्रमशः ११ सय ९७ र ८ सय ९० स्क्वायर फिट रहेको छ।

Alia Bhatt reportedly purchased new properties in Mumbai.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट