सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका नेपाली क्रिकेट सन्दिप लामिछाने सोको खुशीयाली मनाउन आयोजना गरेको एक कार्यक्रममा भक्कानिएका छन्।
क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष चतुरबहादुर चन्दले १०० विकेटको सफलताका लागि उनलाई बधाई दिइएको फोटोफ्रेम लिने क्रममा सन्दिप भक्कानिएका हुन्।
फ्रेम ग्रहण गरेलगत्तै टाउको झुकाउँदै क्यान अंकित क्याप लगाएका सन्दिपले आँशु झारे।
क्यानले आफ्नो फेसबुक पेजमा राखेको भिडियोमा सन्दिपलाई भावविलह बनेको देख्न सकिन्छ।
उनी आँशुलाई सम्हालन खोज्दै थिए तर ती खसे। त्यसपछि उनले हातले आँशु पुछे र फ्रेम लिए।
सय विकेटका लागि बधाईं लेखेको उनको तस्वीर राखिएको फोटोफ्रेम लिएपछि भावुक सन्दीपले केहीबेर भूईंतीर हेरिरहे र आफूलाई सामान्य बनाउने प्रयास गरे। उनी आँशु रोक्न खोज्दै थिए तर सकेनन्।
त्यसपछि अध्यक्ष चन्दले सन्दीपलाई केक काट्न भने। सन्दीपले आफ्ना सिनियर खेलाडी ज्ञानेन्द्र मल्ललाई अगाडि बोलाए। मल्ल अगाडि आएर सन्दीपको पिठियूँ थप्थपाए। उपस्थित अरू खेलाडी तथा अन्यले ताली बजाए।
हातमा सेतो घडी लगाएका सन्दिप केक काट्नुअघि केही बोल्न खोज्दै थिए तर उनी अड्किए।
‘थ्याङ्स टु एभ्रिबडि। त्यो फेजबाटआएर यसरी आफ्नो ठाउँबाट…. यति बोलेपछि सन्दिप अड्किए बोल्न सकेनन्।
उनले आँशु पुछ्दै केक काटे। पहिलो केक अघि अगाडि बोलाके ज्ञानेन्द्र मल्ललाई खुवाउन खोज्दै थिए तर मल्लले क्यान अध्यक्ष चन्दलाई खुवाउन भने। सन्दिपले त्यसपछि चन्दलाई केक खुवाए।
लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम म्याचमा सय विकेट लिने कीर्तिमान बनाएका थिए। ४२ खेलबाट उनलाई यो सफलता हात परेको हो। उनले अफ्गानिस्तानका रसिद खानको कीर्तिमान भंग गरेका हुन्। उनले ४४ खेलबाट यो कीर्तिमान बनाएका थिए,
गत वैशाख ८ गते शुक्रबार इसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तरगत ओमानविरूद्धको खेलमा विकेट लिदैङ सो कीर्तिमान बनाएका हुन्। उनले खेलको १२.३ ओभरमा ओमानका सफिकको विकेट लिएका थिए।
यतिबेला सन्दिपमाथि नाबलिका बलात्कारको मुद्दा चलिरहेको छ। उनी हाल जमानतमा रिहा भएर क्रिकेट खेलीरहेका छन्। यस्तो अवस्थामा सफलता प्राप्त गरेकाले पनि उनी धेरै भावुक बनेका हुनसक्छ।