बुटवल- लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि दिइएको समय आज सकिँदै छ । मंगलबार प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार (आज) अपराह्न ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।
लिला गिरीको नेतृत्वको सरकारले सोमबार विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो । यहाँ कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ। कांग्रेस माओवादीको नयाँ समीकरण बनेपछि एमाले नेतृत्वको सरकार ढलेको हो।