शेखर कोइरालाले किन भने प्रचण्ड सरकारको विरोध गरौँ?-Sutra News

शेखर कोइरालाले किन भने प्रचण्ड सरकारको विरोध गरौँ?

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीका पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य नहुने बताएका छन्। आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस कामको विरोध गर्नुपर्ने बताएका हुन्।



प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा सरकारले अयोग्य लडाकुलाई पैसा बाँड्ने तयारी गरेपछि यसको आलोचना भइरहेको छ। कांग्रेस नेता कोइरालाले सरकारले लडाकुलाई रोजगारीको अवस्था सिर्जना गर्न छोडेर पैसा बाँड्न लागेको भन्दै विरोध गरे।

‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन, उनले लेखेका छन्।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्। सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने उनले लेखेका छन्।

यस्तो छ उनको स्टाटस

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट