कतारसँग नेपालका ब्याट्समेन टिक्नै सकेनन्-Sutra News

कतारसँग नेपालका ब्याट्समेन टिक्नै सकेनन्

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ- एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध नराम्रो सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर नाजुक अवस्थामा पुगेको हो।



नेपालले सुरुको सस्तैमा गुमायो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए।

ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे। १५.३ ‌ओभरमा रोहित आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६२ रन बनाएको स्थिति थियो।

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके। त्यतिबेला नेपालले ५ विकेटको क्षतिमा ६९ रन जोडेको स्थिति थियो। बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २-२ विकेट लिएका छन्।

नेपालका लागि अहिले सोमपाल कामी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्। नेपालले अहिले जम्मा ७६ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट