काठमाडौँ- महानगरपालिकाकाले मापदण्ड विपरीतका संरचना हटाउने कामलाई कडाइका साथ कार्यान्वयन गर्ने बताइरहेको छ। सोहीक्रममा आज बिहीबार बालाजुमा रहेको कोतधोकू नामको पेट्रोलपम्प ‘सिल’ गर्न लागेको छ।
‘बालाजुको कोतधोकू पेट्रोलपम्प ‘सिल’ गर्दैछौँ,’ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘मापदण्ड विपरीतको पम्प ‘सिल’ गर्न लागेका हौँ। सडकमै पेट्रोलपम्प चलाइरहेको रहेछ।’
पछिल्लो समय महानगरले मापदण्ड पुरा नगरेका सरकारी, निजी संरचना भत्काइरहेको छ। त्यस्तै काठमाडौँका विभिन्न नदी किनारमा रहेका अवैध सुकुम्बासी बस्तीका संरचना पनि हटाउने अभियानमा महानगर छ।
https://www.sutranews.com/179464/2023/27/