काठमाडौँ- बाजुराकझ दहकोट केन्द्रविन्दू भएर मध्यरातमा दुईपटक भूकम्प गएको छ। राति ११:५८ बजे ४.९ म्याग्नेच्युड र १:३० बजे ५.९ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पका कारण मानिसहरू मध्यरातमा भागाभाग भएका थिए। भूकम्पका कारण भएको क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले मानवीय तथा भौतिक क्षतिबारे अहिलेसम्म केही जानकारी नआएको बताए।