फरार सूचीमा रहेका हत्या आरोपी एमालेका सांसद संसद्को उद्योग समितिमा सिफारिस-Sutra News

फरार सूचीमा रहेका हत्या आरोपी एमालेका सांसद संसद्को उद्योग समितिमा सिफारिस

शुक्रबार, १५ बैशाख २०८०

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौँ- प्रहरी हत्या आरोपी नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदीय समितिको सदस्यका लागि सिफारिस भएका छन्। उनलाई नेकपा एमालेले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको हो। ।
संसदीय ऐनअनुसार अब एमालेको सिफारिसकै आधारमा उनको नाम संसद् बैठकले अनुमोदन गर्नेछ।



मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाई सजाएँ सुनाएपछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद् सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् । उक्त समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।

संसद्‌मा कोइरीको पद किन नगएको भन्नेबारे प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट