विद्यालयमा राजनीति गर्न पाउनुपर्ने भन्दै अखिलक्रान्तिकारीले लगाएको ताला काठमाडौँ महानगरले फुटायो-Sutra News

विद्यालयमा राजनीति गर्न पाउनुपर्ने भन्दै अखिलक्रान्तिकारीले लगाएको ताला काठमाडौँ महानगरले फुटायो

शुक्रबार, १५ बैशाख २०८०

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एउटा सार्वजनिक सूचना नै जारी गरेर विद्यालयभित्र राजनीतिसम्बन्धी कुनै पनि गतिविधि र कार्यक्रम गर्न बन्देज लगायो। लगत्तै माओवादी केन्द्रनिकटको कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले महानगरको शिक्षा शाखामा ताला लगायो। बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर प्रहरीले उक्त ताला फुटाइदिएको छ।



महानगरले विद्यालयमा राजनीति गर्न हुँदैन र पाइँदैन भन्ने नारा स्थापीत गराउन अहिले अभियान नै सुरु गरेको छ।
शुक्रबारदेखि सबै विद्यालयहरूमा ‘बुक फ्री डे’ सुरूआत हुन लागेको र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सोही कोठामा भएको हुँदा आजै ताल्चा खोलिएको महानगरको भनाइ छ।

बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो। युनियनले भने कार्यक्रम गर्न पाउनुपर्छ भन्दै महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट