काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।