ग्यास लिक हुँदा आगो लागेर जलेर घाइते कांग्रेस नेता आज नेपाल फर्किँदै-Sutra News

ग्यास लिक हुँदा आगो लागेर जलेर घाइते कांग्रेस नेता आज नेपाल फर्किँदै

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार नेपाल फर्किँदैछन्। फागुन ३ गते घरमा ग्यास लिक हुँदा आगोलागर उनी जलेका थिए। उनको उपचारका लागि भारत लगिएको थियो। सोही आगलागीमा परेर उनकी आमाको भने मृत्यु भएको थियो।



भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कनेछन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्।

नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट