भारतमा उपचार गराएर आज राति ८ बजे नेपाल फर्किँदै राष्ट्रपति पौडेल-Sutra News

भारतमा उपचार गराएर आज राति ८ बजे नेपाल फर्किँदै राष्ट्रपति पौडेल

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

काठमाडौँ- बिरामी भएपछि उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किने भएका छन्। उनी आज राति आइतबार राति ८ बजेको जहाजमार्फत राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।



१२ दिनको उपचारपछि पौडेललाई नयाँ दिल्लीस्थित एम्स अस्पतालले मध्याह्न १२ बजे डिस्चार्ज गर्दैछ। छातिमा पानी जमेर इन्फेक्सन बढेपछि उनलाई भारत लगिएको थियो। पछिल्लो समय उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट