काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित लामिछाने नेतृत्वको पार्टीले सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिने बताएको बेला दुई नेताबीच भेट भएको हो।
रास्वपासँग २१ सांसद छन्। भेटमा प्रचण्डले लामिछानेलाई फेरि निर्वाचित भएर आएकोमा बधाई दिएका थिए। सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिनेबारे छलफल गर्न रास्वपाले सोमबार छलफल गर्दैछ। रास्वपाको संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन्। उनको राजीनामापछि रिक्त पदमा सभापति लामिछानेलाई नै नियुक्त गर्ने तयारी छ।