मन्त्रीको हैसियतले विदेश भ्रमण नगर्ने सुदन किराँतीको घोषणा-Sutra News

मन्त्रीको हैसियतले विदेश भ्रमण नगर्ने सुदन किराँतीको घोषणा

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

काठमाडौँ- संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विदेश भ्रमण नगर्ने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुई देशबीचको औपचारिक बाहेक अन्य विदेश भ्रमण नगर्ने घोषणा गरेका हुन्।



विदेश घुमाउने र निम्तो दिने सिलसिलामा मात्रै २५ प्रतिशत समय खर्च भइरहेको उनको भनाइ छ। उनले यो भ्रमण गर्ने नभई काम गर्ने समय भएको पनि बताएका छन्।

‘विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ, यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन,’ उनले भनेका छन्, ‘मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन? कहाँ गरेन? अनि भयो चाहिँ के?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट