भारतको लुधियानामा ग्यास लिक हुँदा ९ जनाको मृत्यु, ११ जना घाइते-Sutra News

भारतको लुधियानामा ग्यास लिक हुँदा ९ जनाको मृत्यु, ११ जना घाइते

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

भारतको पंजाब राज्यको लुधियानास्थित गयासपुर क्षेत्रमा ग्यास लिक हुँदा ९ जनाको मृत्यु भएको छ।



घटनामा ११ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्। हाल उनीहरूको त्यहाँको एक अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ५ महिला र ६ जना पुरूष रहेका छन्। ती मध्ये १० र १३ वर्षका दुई बालक भएको समाचारमा उल्लेख छ।

हाल प्रहरीले घटनास्थललाई सिल गरेको छ। हालसम्म त्यहाँ कहाँबाट कसरी ग्यास लिक भयो भन्ने बारेमा केही खुलेको छैन्।

घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रशासनले जनाएको छ। प्रशासनले स्थानीय समय अनुसार ७.१५ बजे घटनाको जानकारी पाएका थिए।

उनीहरु त्यहाँ पुग्दा पीडितहरू बेहोसीको हालतमा फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट