जब रित्ता गाग्री बोकेर नारा लगाउँदै महिलाहरु चन्द्रागिरी नगरपालिका भवन पसे-Sutra News

जब रित्ता गाग्री बोकेर नारा लगाउँदै महिलाहरु चन्द्रागिरी नगरपालिका भवन पसे

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

खानेपानीको हाहाकार भएको भन्दै चन्द्रागिरी नगरपालिकाका महिलाहरु नारा लगाउँदै नगरपालिका भवन प्रवेश गरेका छन्।



उनीहरूले नगरपालिकाको कार्यालयमा मेयरको कार्यकक्षसम्मै रित्तो गाग्रीको लाइन राखेर विरोध प्रदर्शन गरहेका छन्।

उनीहरुले रित्ता गाग्रीमा ‘एकिकृत खानेपानी योजना लागु गर’, ‘बल्म्बुमा खानेपानी अभाव भयो, तपाईंले केही बोलिदिनु न प्लिज’, ‘खानेपानी ऐन तुरुन्त लागु गर’, ‘खानेपानी समस्याको दीर्घकालिन समस्या समाधान गर’ जस्ता माग लेखिएको नारा गाग्रीमा टाँसेका छन्।

नगरपालिकाका मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन लगाउनुअघि प्रदर्शनकारीहरुले शुद्ध पिउने पानी आफूहरुको पहिलो अधिकार भएको लगायतका विभिन्न नारा लगाउँदै नगरपालिका भवन प्रवेश गरेका थिए।

उनीहरूले करोडौंको नगरपालिका भवन बनाउन सक्ने नगरपालिकाले खानेपानी समस्या समाधान गर्न नसकेको भन्दै विरोध जनाएका छन्।

रित्ता गाग्री नगरपालिका भवनको ढोका र परिसरमा लहरै लाइन राखेको सामाजिक संजालमा सार्वजनिक तस्विरमा देख्न सकिन्छ।

चन्द्रागिरी नगरपालिका क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका हो।

काठमाडौं जिल्लाको दक्षिणपश्चिम भेगमा रहेको यो नगरपालिका भित्र थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ लगायतका क्षेत्रहरू पर्दछन्।

यो नगरपालिकामा १५ वटा वडा रहेका छन्।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट