सरकार र पुनबीचको वार्ता सकारात्मक, वार्ताका क्रममा प्रचण्डले गरे दुई पटक फोन-Sutra News

सरकार र पुनबीचको वार्ता सकारात्मक, वार्ताका क्रममा प्रचण्डले गरे दुई पटक फोन

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ।



विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो।

भेटमा पुनले राख्दै आएको माग सम्बोधनका विषयमा छलफल भएको थियो। वार्तापछि कुरा गर्दै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए।

‘माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो’, पुनले भने, ‘उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ।’

पुनले माग सम्बोधनका विषयमा छलपल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताए।

‘वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट