ओलीले स्वार्थी, अज्ञानी र मुर्खले राजतन्त्र मान्छन् भनेपछि राप्रपाले दियो यस्तो जवाफ-Sutra News

ओलीले स्वार्थी, अज्ञानी र मुर्खले राजतन्त्र मान्छन् भनेपछि राप्रपाले दियो यस्तो जवाफ

आइतबार, १७ बैशाख २०८०

आइतबार, १७ बैशाख २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, अज्ञानी र मुर्खले राजतन्त्र मान्छन् भन्ने अभिव्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले कडा प्रतिवाद गरेका छन्।



आइतबार अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थी र अज्ञानीले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका थिए।
‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्’, ओलीले सम्बोधनका क्रममा भनेका थिए।

त्यसैगरी उनले ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्’, पनि भनेका थिए।

ओलीले यस्तो अभिव्यक्ति दिएपछि राप्रपा प्रवक्ताले ओलीलाई आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै जवाफ फर्काएका हुन्।

‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्’, मोहनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ ।संगसंगै प्रश्न पनि गर्न चाहन्छु- ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट