धनुषाको हँसपुर नगरपालिकाकी उपप्रमुख चढ्ने गाडीले किचिएर उनकी आफ्नै १४ महिने नातिनीको मृत्यु भएको छ।
उपप्रमुख दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमु गाडीले किचिएर हँसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया
कुमारी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका छन्।
आइतबार दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताएका छन्।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडीलाई नियन्त्रण लिएको छ।