शुक्रबार ‘नाईं नभन्नू ल-६’सँगै रिलिज भएको विपिन कार्की, केकी अधिकारी तथा अर्पण थापा स्टारर ‘प्रसाद २’ पनि फ्लपको बाटोमा लागेको छ।
अनेकन लेनदेनका विवाद, सुटिङ विवादकाबीच रिलिज भएको सिनेमाले पनि नेपाली वक्सअफिसमा गतिलो सुरूवात गर्न सकेन्।
वक्सअफिस श्रोतका अनुसार १५ प्रतिशतको औषत अकुपेन्सी रहेको सिनेमाले दुई दिनमा ३२ लाख भन्दा केही बढिकोमात्र कमाइ गरेको छ।
सिनेमाले देशभर २८६ शो पाएको थियो। ती शोमा ६६ हजार ७ सय ९९ टिक उपलब्ध भएकोमा १० हजार ६१ टिकटमात्र विक्री भएको थियो।
सिनेमाले समीक्षक तथा दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको छ। प्रतिक्रिया मिश्रित भएपनि सिनेमाले आफ्नो दुई करोड बढिको लगानीलाई सुरक्षित नगर्ने पक्का जस्तै छ।
सुदर्शन थापा निर्देशित सिनेमालाई पनि यस वर्ष कमाइ गर्नसक्ने उच्च सम्भावना भएको सिनेमाको सूचिमा राखिएको थियो।