हाकिमीले रातो कार्ड खाएको खेलमा पीएसजीको हार-Sutra News

हाकिमीले रातो कार्ड खाएको खेलमा पीएसजीको हार

सोमबार, १८ बैशाख २०८०

सोमबार, १८ बैशाख २०८०

काठमाडौँ- शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा आइतबार लोरलियन्टसंग ३–१ को हार व्यहोरेको छ ।



घरेलु मैदानमा सम्पन्न खेलको २०औँ मिनेटमा रक्षक अक्रफ हाकिमीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिपछि पीएसजी पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

त्यसअघि १५औँ मिनेटमा एन्जो ले फीले गोल गर्दै लोरलियन्टलाई अग्रता दिलाएका थिए । २९औँ मिनेट काइलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

तर, ३९औँ मिनेटमा डर्लन योग्ङवाले गोल गरेपछि लोरलियन्टले पहिलो हाफमा २(१ को अग्रता बनाएको थियो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहदा बाम्बा ड्लेङले गोल गर्दै लोरलियन्टको ३–१ को जित निश्चित गरेका थिए ।

जारी सिजन पीएसजीको यो छैटौं हार हो । हारका बावजुद ३३ खेलबाट ७५ अंक जोडेको पीएसजी तालिकाको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मार्सेभन्दा पाँच अंक धेरै हो ।

यता, ३३ खेलबाट ४८ अंक जोडेको लोरलियन्ट तालिकाको १०औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट