बैतडी- बैतडीमा पासो लगाएर मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ। पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।
मृतक पहरीकी श्रीमति धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।
शव जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।