यूएईविरुद्ध दबाब बढाउँदै नेपाल : ललितले दिलाए नेपाललाई चौँथो सफलता-Sutra News

यूएईविरुद्ध दबाब बढाउँदै नेपाल : ललितले दिलाए नेपाललाई चौँथो सफलता

सोमबार, १८ बैशाख २०८०

सोमबार, १८ बैशाख २०८०

काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएईविरुद्ध नेपालले चौँथो विकेट हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले यूएईको चौँथो विकेट झारेको हो। नेपालको पहिलो विकेट सोमपाल कामीले र बाँकी दुई विकेट करण केसीले लिए।
त्यस्तै चौँथो विकेट ललित राजवंशीले दिलाए। ललितले विकेट लिनेक्रममा गुल्सन झाले बल क्याच गरे।



यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमलाई आज (सोमबार) एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले चुनौती प्रस्तुत गर्दैछ ।

प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पूर्ण सदस्य रहेका भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्न नेपाललाई आज यूएईको चुनौती पन्छाउन आवश्यक छ । प्रतियोगितामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई कायम राख्न चाहन्छ । नेपालले घरेलु मैदानमा भएको पछिल्लो १३ खेलमा अपराजित छ ।

नेपालले घरेलु मैदानमा सम्पन्न पछिल्लो १३ खेलमध्ये ११ खेलमा जित निकाल्दा दुई खेल नतिजाविहीन टुंगिएको थियो । जसमध्येका नौ खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिए ।

प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता, समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्दतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।

https://www.sutranews.com/179727/2023/01/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट