काठमाडौँ- नेपाल र यूएईबीचको खेल पानी परेर फेरि रोकिएको छ। कीर्तिपूर क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले अहिलेसम्म ९ नेनविकेट हात पारेको छ। यूएईविरुद्धको खेलमा नेपालका ललितनारायण राजवंशीले लगातार दुई विकेट झारेर ब्याट्समेनलाई पलेभियन फर्काएका हुन्। उनले व्यक्तिगत तीन विकेट लिइसके।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले पनि दुई-दुई विकेट लिइसकेका छन्। त्यस्तै सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झाले एकएक विकेट लिएका छन्।
आजको फाइनल जितेमा नेपालले भारत र पाकिस्तान जस्ता क्रिकेटका महाहस्ति राष्ट्रसँग एसिया कपमा खेल्न पाउनेछ। यसअघि पनि खेल रोकिएको थियो।
जारी खेलमा यूएईले ९ विकेट गुमाएर मात्र १०६ रनमात्र बनाएको छ।