राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समिति बैठकले पार्टीका ३६ विभाग गठन गरी ती विभागमा विभागीय प्रमुख तोकेको छ।
३६ समितिमा मुकुल ढकाल शिशिर खनाल, मनिष झा तथा सुमना श्रेष्ठलाई भने २-२ वटा विभागको दोहोरो जिम्मेवारी दिइएको छ।
ढकाललाई नीति तथा विचार विभागसँगै प्रशिक्षण विभागको र खनाललाई अन्तरर्राष्ट्रिय विभागसँगै पर्यटन तथा संस्कृति विभागको एकसाथ जिम्मेवारी दिइएको छ।
यसैगरी झालाई तथ्यांक अनुसन्धान तथा अभिलेखिकणसँगै सार्वजनिक लेखा समीक्षा विभागको दिइएको छ भने सुमनाले शिक्षा सँगै विज्ञान, संचार तथा सूचना प्रविधि विभागको जिम्मेवारी पाएकी छन्।
बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ।
यसैगरी कविन्द्र बुर्लाकोटीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।
त्यसैगरी शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, शिक्षा विभाग सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग डा तोसिमा कार्की, कृषि तथा सहकारी विभाग अशोक चौधरी र सार्वजनिक लेखा समिति विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।