राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्नुपर्छ : गगन थापा-Sutra News

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्नुपर्छ : गगन थापा

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन्।



नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन्।

थापाले भने, ‘यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पु-याउँछ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पु-याउँछ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट