कान्छी सांसद डाँगी बनिन् रास्वपाको सचेतक-Sutra News

कान्छी सांसद डाँगी बनिन् रास्वपाको सचेतक

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो।



रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सां‌सद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ। ‘निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं,’ उनले भने।

डाँगी भद्रपुर नगरपालिका वडा नम्बर १ झापाकी हुन्। उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्। उनी उमेरको हिसाबले पनि प्रतिनिधिसभाको सबैभन्दा कान्छी सांसद पनि हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट