काठमाडौं- नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा भेटिएका छन्। उनी काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका हुन्।
जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका उनी शनिबारदेखि उक्त होटलमा बस्दै आएका थिए।
नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । उनी पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।
घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ।