काठमाडौँ- नेपाललाई यूएईले ११८ रनको लक्ष्य दिएको छ। सोमबार वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आज सुरु भएको थियो।
सोमबार यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि पहिलोपटक खेल रोकिएको थियो। पानी रोकिएपछि पुन: त्यसपछि पुनः सुरु भएको खेल फेरि वर्षा बाधक बन्दा २७.३ ओभरमा १०६ रनमा गएर अडिएको थियो।
पानी नरोकिएपछि स्थगित खेल त्यही अवस्थाबाट सुरु भएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३३.१ ओभरमा नेपालले यूएईको सबै विकेट झारिदियो। नेपालका लागि ललित राजवंशीले ४, करण केसी, सन्दीप लामिछानेले दुई-दुई, सोमपाल कामी र गुल्सन झाले एकएक विकेट लिए।