दबाबमा नेपाल, गयो तीन विकेट-Sutra News

दबाबमा नेपाल, गयो तीन विकेट

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

काठमाडौं- युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली नेपाललाई अर्को झट्का लागेको छ । नेपालले तेस्रो विकेट गुमाएको छ ।



नेपालका कप्तान रोहितकुमार पौडेल एक विकेट गुमाएर आउट भएका छन् । रोहितलाई यूएईका रोहन मुस्तफाले ‘बोल्ड’ गरे । ७.६ ओभरमा रोहित आउट हुँदा नेपाल २२/३ को स्थितिमा छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि ११८ रनको लक्ष्य पछ्याएको नेपालले सातौँ ओभरको पहिलो बलमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ आठ रन बनाएर पवेलियन फर्किएका हुन् । उनले १० बलमा एक चौकासहित आठ रन बनाएका थिए । आसिफ अफजल खानको बलमा एलबीडब्लू आउट भएका हुन् ।

६.१ ओभरमा आसिफ आउट हुँदा नेपाल १९/२ को स्थितिमा थियो । त्यसअघि, नेपालका ओपनर कुशल भुर्तेल एक रन बनाएर पवेलियन फर्किएका थिए । १.२ ओभरमा कुलश आउट हुँदा नेपाल १/१ को स्थितिमा थियो ।

सोमबार सुरु भएको यस फाइनल खेल वर्षाले प्रभावित भएपछि आज ‘रिजर्भ डे’को दिन खेलाइएको हो । सोमबार खेल रोकिँदा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट