‘प्रसाद २’मा १२ वर्षपछि बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी) ८ वर्षको छोरा प्रसादसँगै गाउँ फर्किन्छन्। गाँउमा चुनाव सुरु हुँदैछ, जीतका लागि दलित भोट अपरिहार्य छ अनि छुवाछुतको जातिय विभेद जस्ताको तस्तै, टसकोमस भएको छैन्।
राजनीतिमा युवा आउनुपर्छ, नयाँले मौका पाउनुपर्छ भन्ने परिदृश्यमा नियमित चुनाव जित्दै आएका काजीलाई उनका सल्लाहकारले काजीकै छोरा उठाउने सल्लाह दिन्छन्।
१० वर्षपछि गाँउ फर्केको बाबुरामले दलित भोट एक हुँदा सजिलै जित्ने देखेपछि यथास्थिति र छुवाछुतका विरूद्धमा आफ्नो समुदायलाई हक दिलाउन चुनाव लड्ने निर्णय गर्दछ। किनकी उसले ‘शक्तिशाली भएपछि सत्ता हातमा आउँदो रहेछ, सत्ता हातमा आएपछि शक्ति बढ्दो रहेछ, शक्ति भएपछि न्याय पाइदो रहेछ’ भन्ने बुझेको छ।
बाबुराम आफ्नै जेठानविरूद्ध खडा भएपछि त्यहाँको परम्परागत शक्ति धरमर्राउछ। उनीहरू चुनाव जित्न जे पनि गर्न तयार हुन्छन्। त्यही बेला गाँउ भित्रन्छ रमेश(अर्पण थापा)। रमेश गाँउ छिरेपछि अवस्था अर्कै हुनजान्छ त्यसपछि निम्तने घटना क्रमनै ‘प्रसाद २’को कथा हो।
छुवाछुत नेपाली समाजको कंलक हो, यसमा दुईमत छैन्। तर सिनेमाले यी मुद्दालाई मूल विषयभन्दा पनि सिनेमाको सहायक विषय बनाएको छ। सिनेमाको लागि यो विषय प्रधान होइन किनकी पहिलो सिक्वलले बाबुराम र नारायणीको व्यक्तिगत जीवनकै कथा पस्केको थियो जसमा समाजको जातिय छुवाछुत कथाको घर्षण थियो।
यो सिक्वलमा पनि उनीहरूकै व्यक्तिगत जीवन जोडिएको छ जसमा समाज निरपेक्ष छैन्। बाबुरामले चुनाब नलड्दो हो त ‘प्रसाद २’को कथानक यो रूपमा आउने थिएन होला। यो एउटा कल्पनाको कुरा भो।
मूल कूरा सिनेमा कस्तो छ त?
सिनेमा औसतको छेउछाउ छ। वाह! गज्जब नै बनाए भन्ने पनि छैन र खत्तम नै बनाए भन्ने पनि छैन्।
सिनेमाको पटकथामा कुनै नबिनता छैन। पटकथामा नविनता नहुँदा सिनेमा हेरिसक्दा मन खल्लो भइरहन्छ। जसरी वाचनको सिलसिला बुनिएको छ त्यो सामान्य छ। लेखनमा गहनता र घनिभुत तत्व भेटिदैन्।
सिनेमालेखन समाचारजस्तो हतारमा लेखिने साहित्य होइन यो पूर्ण साहित्य हो। लेखनमा सिनेमा चुकेको छ, सिनेमाको सवालमा , दलितका सवालमा।
सिनेमाका कुनै पात्रहरूलाई लेखकले प्रश्न सोधेका छैनन् उनी आफूसँग भएको ज्ञान र सोचको सहारामा पटकथामा बगेका छन् जसले गर्दा दलितका वास्तविक समस्याका सवाल, तिनको अन्तर्यको घनीभूत उठानमा चुकेका छन्। विषयका बारेमा यथेष्ठ ज्ञाबबिनै सिनेमा लेखेको प्रष्ट देखिन्छ।
त्यसमाथि दलितका मुद्दामाथि ब्राम्हणवादी चक्षुको दृष्टिदोष सिनेमाको प्रमुख समस्या हो। दलितले कसरी सोच्न पर्छ भनेर लेखकले धारणा दिएका छन्। यो लदाइ पनि लेखनीको समस्या हो। लक्षण पहिचान भएन भने कुनै रोगको उपचार सम्भव नभएझै सिनेमाको कथापटकथा अधुरो र अपुरो छ। सिनेमामा कुनै पनि पात्रलाई न्यायपूर्ण ढंगले उठान नसकेको महसुस हुन्छ।
आफ्नै जेठानसँग चुनाव लड्न उठेको बाबुरामको चरित्रलाई लेखकले आफ्नो आवश्यक्ता अनुसार विद्रोही अनि विचारा आदि-इत्यादी बनाइदिएका छन्। पात्रको आदिदेखि अन्त्यसम्मको यात्रामा यस्ता ‘फल्टलाइन’हरू बाबुराममा मात्र होइन नारायणी लगायत लगभग सबै पात्रमा भेटिन्छ। पटकथामा पात्रहरू र घटनाक्रमको उग्र असन्तुलन छ।
अब लेखनमै समस्याग्रस्त सिनेमा निर्देशकको हातमा पुगेपछि के भयो? लेखनीको समस्याले स्पष्ट पारिसकेको छ। निर्देशकले सिनेमा बनाउँदा देखाउने खुबी भनेकै शैलीबाट हो किनकी निर्देशक सिनेमाको कथावाचक हो।
हामीलाई थाहा छ कथा कति रोचक बनाउने त्यो वाचकको कला हो। र निर्देशक सुदर्शन थापा यसैमा चुकेका छन्। उनका पछिल्ला सिनेमाहरू झन् झन् कमजोर भइरहेका छन्। यो सिनेमा पनि यसैको सिलसिला हो। उनको निर्देशनमा कुनै नविनता छैन्। दलित विषयको यो सिनेमाको कुरा गर्दा उनले अभिनेताका रूपमा चर्चा बटुलेको यही विषयमाथिको नविन सुब्बा निर्देशित ‘दलन’ टेलिश्रृंखलाको सम्झना हुन्छ। त्यस्तो कथामा काम गरेका निर्देशक थापाले सोबाट केहि प्रतिशत अन्तर्यमात्र यसमा ल्याउँदा हुन त सिनेमाले उचाइ लिने कुनै शंका थिएन। उनी चुकेका छन्।
लेखन र निर्देशनमा चुकेको सिनेमालाई अभिनयबाट कलाकारहरूले केहि उठाउन खोजेको भएपनि लेखन समस्याले गर्दा कलाकारहरूले आफूलाई नियमित अभिनय गराएका छन्, त्यसतो सम्झनलायक अभिनय सिनेमामा छैन्। रमेश बनेका अर्पणको भूमिका केहि लाउडजस्तो लागेपनि उनको खलनायकी सबैभन्दा अब्बल लाग्छ सिनेमामा। नारायणीको भूमिकामा केकीको अभिनय ठिकठाक छ। बाबुराम बनेका विपिनले राम्रै काम गरेका छन्।
त्यस्तै पार्श्वध्वनि सामानय छ भने सिनेम्याटोग्राफी सामान्य छ।
समग्रमा सिनेमा हेरिरहँदा खास मज्जा महशुस हुँदैन, दर्शकले सन्तुष्टि प्राप्त गर्न सकिदैन्।