हराएकी किशोरीको खोजी गर्दा ७ जनाका शव भेटियो-Sutra News

हराएकी किशोरीको खोजी गर्दा ७ जनाका शव भेटियो

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाको शव भेटिएको छ।



ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भएनभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् ।

मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन ।

चौध वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर हराएकाले उनीहरूको खोजबिनका लागि सोमबार जारी गरिएको ‘खोजीको सूचना’ सोमबार अपराह्न ओक्लाहोमा राज्यमार्ग गस्तीले रद्द गरेको छ ।

बेवस्टर र ब्रुवरलाई यौन अपराधमा कारगारबाट छुटेका जेसी म्याकफडेनसँग यात्रामा रहेको देखिएको थियो।

बलात्कारमा दोषी उनी सन् २०२० को अक्टोबरमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट