अमेरिकाको दाबी- युक्रेन युद्धमा २० हजार रुसी सैनिकसहित एक लाख रुसी मारिए-Sutra News

अमेरिकाको दाबी- युक्रेन युद्धमा २० हजार रुसी सैनिकसहित एक लाख रुसी मारिए

मंगलबार, १९ बैशाख २०८०

मंगलबार, १९ बैशाख २०८०

युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ ।



ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् ।

युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् ।

पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन सङ्र्घ गरिरहेको छ ।

अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले व्यहोरेको उक्त क्षतिको जानकारी दिएका भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन् ।

गत नोभेम्बरमा अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले रुसमा एक लाखभन्दा बढीले ज्यान गुमाएका वा घाइते भएका बताएका थिए । रुसले व्यहोरेको पछिल्लो क्षतिबाट मस्को दबाबमा परेको देखिएको छ ।

सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा भाडाका सैनिक वाग्नर समूहका हुन् ।

उनीहरूलाई युद्धमा सहभागी हुन कारगारबाट मुक्त गरिएको थियो । उनीहरू बिना प्रशिक्षण युद्धमैदानमा पुगेका थिए ।

केही विश्लेषकहरूले बाख्मुटलाई नियन्त्रणमा लिनु रुसका निम्ति महत्वपूर्ण छ किनकी डोनेट्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठूला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहज हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट